चैत्र १७ काठमाण्डौं । महोत्तरीमा घाँस काट्न गएकी बालिका तथा युवतीहरुको एक समूह अहिलेसम्म घर नफर्किदा अभिभावक र स्थानीयवासी चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यलय महोत्तरीले अहिले राति साढे १२ बजे सम्म पनि वेपत्ताहरुको बारेमा कुनै जानकारी प्राप्त भईनसकेको र सईको नेतृत्वमा प्रहरी टोलीले व्यापक खोजी गरीरहेको जनाएको छ ।
महोत्तरीको भंगहा वडा नम्बर ८ स्थित धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका हुन् ।
स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान, १० वर्षीया सीमा पासवान बेपत्ता भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जिव साहले जानकारी दिएका छन् ।
ती बालिका तथा युवतीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किदा खोजबिन सुरु गरिए पनि अहिले सम्म अवस्था पत्ता लाग्न सकेको छैन ।







