थारुवान संघर्ष समिति र सरकारबीच बिहीबार फेरि वार्ता हुने

थारुवान संघर्ष समिति र सरकारबीच बिहीबार फेरि वार्ता हुने

  • मङ्लबार, चैत्र १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१७ चैत, काठमाडौँ । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको बिहिवार पुनः वार्ता हुने भएको छ ।
गृह मन्त्रालयमा मंगलबारको वार्ता सकारात्मक भएको र बिहीबार फेरि बस्ने गरी टुंगिएको थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले जनाएका छन् ।

संघर्ष समितिका मागपत्र बारे दुई दिन अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो । यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको थियो ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंगलबार बिहान पूर्व सांसद रुक्मिणी चौधरीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

वार्ता टोलीको सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहेका छन् ।

सरकारको पक्षबाट सोमबार नै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ