चैत्र १७ काठमाण्डौं । देश र पार्टी विरुद्ध आपराधीक गतिविधि गरेको आरोप लगाउदै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पार्टी सदस्य समेत नरहने गरी कार्बाही गरे पछि त्यसले सत्तारुढ एमाले भित्रको संकट थप गहिरिएको छ ।
ओलीले पाँच बुदे पत्रमा गतिविधि नरोके थप कार्बाहीको चेतावनी समेत दिएका बेला यो कार्बाही अस्वीकार गर्दै नेपाल समुहले यसको प्रतिवाद गर्दै अघि बढ्ने योजना बनाएको छ ।
कार्बाहीको सूचना सार्वजनिक भए लगत्तै नेता नेपालले आयोजक कमिटिको स्वघोषित अध्यक्षले अरुलाई कार्बाही गर्न नसक्ने भन्दै यसलाई अस्वीकार गरेको घोषणा गरेका थिए ।
नेपालले आफ्नो समुहलाई अझ दृढ भएर मैदानमा उत्रन र समानान्तर संगठन निर्माण गर्दे प्रतिवाद गर्दै अघि बढ्न निर्देशन दिएका छन् ।
संसदीय दल र केन्द्रीय समितिमा अल्पमतमा रहे पनि नेता नेपाल पक्षमा तल्लो स्तरमा ठूलो संख्यामा समर्थक कार्यकर्ताहरु रहेको बताईएको छ ।
यो थप कार्बाहीको चेतावनी र अस्वीकृतिले एमाले भित्रको संकट अझै बढ्ने चिन्ता कार्यकर्ताहरुले गर्न थालेका छन् ।
सर्वोच्च अदालतले पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपा खारेज गर्दै साविक एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि एमालेमा फर्किएका नेपाललाई एउटा बैठकमा समेत सहभागी नहुँदै कार्बाही गरिएको छ ।
ओली पनि नेपाललाई शवक सिकाउने भन्दै आफ्नो अडानबाट पछि हटेका छैनन् ।