सरकारद्धारा थारु कल्याणकारीणी सभालाई वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारद्धारा थारु कल्याणकारीणी सभालाई वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सरकारद्धारा थारु कल्याणकारीणी सभासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
काठमाडौं चैत्र १६। थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा गृहमन्त्रीको साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् ।
वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

टोलीले जेलमा रहेको सांसद् रेशम चौधरी नेतृत्वको टोलीसँग वार्ता गर्नेछ । थारु कल्याणकारी सभा एवं केन्द्रीय आन्दोलन परिचालन समितिले केही दिन अघि मात्रै सांसद् चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ