संसद प्रभावकारी बनाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

संसद प्रभावकारी बनाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

  • आइतवार, चैत्र १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

चैत्र १५ काठमाडौँ । सर्वोच्च अदालतबाट संसद पुनस्थापित भए पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संघीय संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिए । भेटमा विधेयकहरुका बारेमा समेत छलफल भएको छ ।

भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ