प्रचण्डले भने -सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छौं

प्रचण्डले भने -सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छौं

  • शनिबार, चैत्र १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चैत १४, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै फिर्ता लिने बताए ।

राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले तत्काल फिर्ता नलिन आग्रह गरेकाले केहि ढिला भएको बताए ।

प्रतिगामी भनेको सरकारलाई समर्थन गर्न नसक्ने प्रचण्डको भनाई छ । उनले भने, राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ । केही दिनभित्र नै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अगाडि बढाउँछु ।

अध्यक्ष प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको पनि बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी केन्द्रले सरकारलाई समर्थन गरिरहेर दोष आफूहरुमाथि थोपरेको टिप्पणी गरे । उनले जेलमा परेका आफ्ना पार्टीका नेता, कार्यकर्ता साथीहरुको आवाज जनतामा, सडकमा उठाए पनि अहिलेसम्म सम्बोधन नभएकोमा असन्तुष्टि पोखे ।

जवाफमा प्रचण्डले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ