जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

  • शनिबार, चैत्र १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १४ चैत । नेपाली काँग्रेसले स्वर्गिय नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

१७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने तर तीन दिन शोकसभा कार्यक्रम मात्रै गर्ने निर्णय भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले जोशीप्रति एक मिनेट मौनधारण गरि शोक प्रस्ताव पारित गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि थिएनन् । विराटनगरमा रहेका पौडेल मौसम खराबीका कारण काठमाडौं फर्कन नपाएकाले बैठकमा सहभागी हुन नसकेका हुन् ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ