चैत्र १४ काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको गए राति ८ बजेर २४ मिनेटमा निधन भएको जनाईएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो ।
टाउकोको सानो शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर देखिएपछि पुन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर समेत भएका थिए ।
०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
संविधानसभा सदस्यसमेत रहेका जोशी सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिने नेताको रुपमा स्थापित थिए । जोशीका श्रीमति र एक छोरी छन् ।