चैत्र १३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल र भीम रावलको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै कार्बाहीको संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा यस्तो दाबी गरेका हुन् ।
नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको भन्दै प्रधानमन्त्रीले थप निर्णय पार्टी केन्द्रीय समितिको बैठकबाट लिने बताएका थिए ।
यसै गरी प्रधानमन्त्री ओलीले आजबाट पार्टी एक ढिक्का भएको पनि दाबी गरेका थिए । आजको बैठकमा झलनाथ खनाल सहित खनाल नेपाल समुहका सांसद पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले फागुन २८ मा गरिएका निर्णय फिर्ता नहुने पनि स्पष्ट गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline