काठमाडौँ चैत्र १३ । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।
बैठक बालुवाटारमा बोलाईएको छ । नेपाल बाहेक भीम रावल पनि दलको बैठकमा नजाने भएका छन् ।
झलनाथ खनाल सहित अन्य नेता भने बैठकमा जाने भएका छन् ।
माधव समुहको बैठकले २०७५ जेठ २ गतेसम्मका केन्द्रीय कमिटी सदस्यको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाहिर राख्नुपर्ने पनि बैठकले निर्णय गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए । शनिबार बिहान फेरि केन्द्रीय कमिटी सदस्यहरूसँग छलफल तय भएको पनि उनले जानकारी दिए ।
शुक्रबार नै खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । उक्त बैठकमा नेता नेपालले पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।