देउवासंग भिड्न डा. शेखरको अन्तिम तयारी, तीन कोइरालाको सभापति उम्मेदवारीबारे एक स्वर !

देउवासंग भिड्न डा. शेखरको अन्तिम तयारी, तीन कोइरालाको सभापति उम्मेदवारीबारे एक स्वर !

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 48.3K
    SHARES

कोइराला परिवारको योगदान र भूमिकालाई दरकिनार गरेर नेपाली कांग्रेसको परिकल्पना गर्न मुस्किल देखिन्छ  । संस्थापक नेता मातृकाप्रसाद कोइराला, उनका भाइहरू विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद पार्टीमा मात्रै होइन, प्रधानमन्त्री भएर मुलुककै नेतृत्व पनि गरेका थिए।
मातृकाप्रसाद कोइराला कांग्रेसका संस्थापक अध्यक्षसमेत थिए। तर उनले लामो समय पार्टी हाँक्न पाएनन्। करिब चार वर्ष कांग्रेस नेतृत्वमा उनी रहेका थिए।
उनका भाइ विपीको नेतृत्व क्षमतासहित विचार र साहित्यिक योगदान अमर रहेका छन् र आम कांग्रेसजनले त उनको अतुलनीय क्षमतालाई ‘महामानवको’ अलंकार दिने गर्दछन ्र विपीले २५ वर्ष कांग्रेसलाई विचार र नेतृत्व दुवै अर्थमा डोहोर्‍याएका थिए।
उनका भाइ गिरिजाप्रसाद पनि कांग्रेसको नेतृत्वमा रहे। पटकपटक प्रधानमन्त्री पनि भए। गिरिजाले १४ वर्ष कांग्रेस हाँकेका थिए।
उनीपछि कांग्रेस नेतृत्व सम्हाले सुशील कोइरालाले। सुशील करिब ६ वर्ष कांग्रेस सभापति भएका थिए।
मातृकादेखि सुशीलसम्म ४९ वर्ष कांग्रेसको नेतृत्व कोइरालाहरूले गरे, त्यसैले कोइरालाहरूको बिरासत कांग्रेसभित्र बलियो छ।
सुशीलको निधनपछि कोइराला परिवार नेतृत्वमा छैन। भलै २०७२ को १३ औं महाधिवेशनबाट महामन्त्रीमा विपीका छोरा शशांक छन्। कोइराला परिवारकै शेखर र सुजाता केन्द्रीय सदस्य छन्।
पार्टी बिरासत बाहिरबाट आएका शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न कोइराला परिवारबाट २०७२ को १३ औं महाधिवेशनमा कसैले आँट गरेनन्। बरू सभापतिमा रामचन्द्र पौडेललाई साथ दिए। पौडेलले चुनाव हारे, देउवा सभापति बने। त्यही बेलादेखि अहिलेसम्म देउवा नै सभापति छन्।
अब भदौ ७ देखि १० सम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनमा देउवाले फेरि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। विधानअनुसार लगातार दुई कार्यकाल सभापति हुन मिल्छ, तर चुनाव जितेर आउनुपर्ने चुनौती देउवामाझ छ।
पौडेल पक्षमा रहेका नेताहरू नै आन्तरिक गुट, उपगुटमा रमाइरहेको र कोइराला परिवारभित्रका नेताहरू पनि तीनतिर फर्केको चर्चा भइरहेका बेला गत बिहीबार भने भिन्न दृश्य देखियो।
No description available.
महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता एउटै मञ्चमा देखिएका थिए। उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम जिपी कोइराला फाउण्डेसनले गर्‍यो। इटहरीमा नगरस्तरीय फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा शशांक, शेखर र सुजाता मात्रै होइन केन्द्रीय सदस्य प्रदीप पौडेल पनि साथै थिए।
कार्यक्रममा बोलेका अधिकांशले कोइराला परिवारका नेताहरू मिलेर जानुपर्नेमा जोड दिए। जवाफमा सुजाताले पूर्वसभापति गिरिजाप्रसादले दोहोर्‍याइरहने कुरा सहमति, सहकार्य र एकतालाई स्मरण गराउँदै पार्टीभित्र र बाहिर सहमतिका साथ अगाडि बढ्नुपर्ने बताइन्।
‘सहमति, सहकार्य र एकता नहुँदा देश अन्यौलमा छ। पार्टी(पार्टी र पार्टीभित्रै पनि झगडा छ, यसले अस्थिरता ल्याएको छ,’ उनले भनिन्, ‘विकासका लागि अस्थिरता होइन, शान्ति हुनुपर्छ।’
सहमति र सहकार्य नहुँदा बहुमत भए पनि केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले राम्रोसँग काम गर्न नसकेको उनले बताइन्। कोइरालाले आगामी महाधिवेशनमा सबै मिलेर जाने उल्लेख गरेकी थिइन्।
सुजाताले केही समयअगाडि आफू पनि १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार भएको बताएकी थिइन्। १३ औं महाधिवेशनमा पनि उठ्ने चर्चाबीच उनले सभापतिमा उम्मेदवारी दिएकी थिइनन्।
कोइराला परिवारको बिरासतको विरोध गरिआएका केन्द्रीय सदस्य डा। शेखरले पनि आफूहरू मिलेर अगाडि बढ्ने बताए। डा। शेखरले यसपटक सभापति देखि बाहेक अन्य पदमा उम्मेद्वारी नदिने घोषणा गरेर देश दौडाहा समेत गर्दैछन ।

१३ औं महाधिवेशनदेखि नै उनी अहिलेसम्म जिल्ला दौडाहमा छन्। पुराना नेता तथा कार्यकर्ता भेट्ने र कांग्रेसलाई चलायमान बनाउने काममा उनी लागिपरेको उनीनिकट नेताहरू दाबी गर्छन्। १३औ महाधिवेशन पछि सबैभन्दा बढी देश दौडाहा गर्ने कांग्रेस नेता समेत डा. शेखर नै हुन् ।
यसै कार्यक्रममा कांग्रेस महामन्त्री ‘हामी एक छौं, एक रहिरहनेछौं र तीन जनामध्ये सहमतिबाटै एक जना पार्टी सभापतिको उम्मेदवार हुन्छौं’ भनि आम कार्यकर्ता माझ डा। शेखरको सभापतिको उम्मेद्वारीलाई मोहर लगाएका थिए । डा. शशांकको महामन्त्रीको कार्यकालमा अपेक्षित रूपमा सभापति शेरबहादुर देउवाको कमि कमजोरीहरू नियन्त्रण गर्न भन्दा ढाकछोप गर्न व्यतित भएको आरोपले समेत कोइराला परिवारको साख जोगाउन यस पटक डा। शेखरलाई सभापतिमा उम्मेद्वारी दिलाए मात्र वर्तमान सभापति देउवालाई हराउन सकिने आम कार्यकर्ताको दवाव डा। शशांक माथि रहेको छ ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी