चैत्र १२ काठमाण्डौं । एमाले भित्र बढ्दो विवादका बीच अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेता माधव कुमार नेपालले उल्टै प्रश्न सहितको जवाफ पठाएका छन् । आफ्नो घरमा जानकारी विनै पत्र प्राप्त भएको स्मरण गराउदै नेता नेपालले १३ बुदामा उल्टै ओलीसँग स्पष्ट पार्न माग गरेका छन् । उनले आफ्नो स्पष्टीकरण पत्रमा फागुण २८ गतेको निर्णयबाट किन फिर्ता नभएको र यसले पार्टी विभाजनको दुरासय ओलीले राखेको दाबी गरेका छन् ।
विधान अनुसार अध्यक्ष ओलीकै गतिविधि कार्बाही गर्ने खालको भएको भन्दै नेपालले ओलीलाई कार्बाही गर्नु पर्ने आशय सहितको पत्र पठाएका छन् ।
हेर्नुस् नेपालले पठाएको जवाफको पूर्ण पाठः
https://www.mirmireonline.com/wp-content/uploads/2021/03/madhav-nepal-clarification.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline