चैत्र १२ काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले विज्ञहरूले ठूल्ठूला कुरा गर्ने तर व्यवहारमा लागू नगर्नाले कृषि क्षेत्र माथि उठ्न नसकेको दाबी गरेकी छिन् ।
नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरु भएको घोषणा कार्यक्रममा मन्त्री अर्यालले महत्त्वपूर्ण ठाउँमा काम गर्न नसक्नेले नै बाहिर आएपछि फेसबुक र पत्रिकामा ठूला कुरा गरेको टिप्पणी गरिन् ।
साथै मन्त्री अर्यालले उनले प्रधानमन्त्री केपी शर्मा ओली भिजन भएको नेता भएकाले अगाडि बढ्न सजिलो भएको बताईन् ।
अहिले त कुन बाटो हिँड्ने भन्ने समस्या नै छैन । हरेक क्षेत्रमा यहाँ थुप्रै पीएचडी गरेका डाक्टरहरू हुनुनुहुन्छ । थुप्रै विज्ञ हौं भन्ने हुनुहुन्छ । थुप्रै डिग्री गरेका हुनुहुन्छ । कुनै विषयमा कसरी अगाडि बढौँ भन्ने हो भने त्योभन्दा के कम, त्यो भन्दा अब्बल विचार सम्माननीय प्रधानमन्त्रीज्यूबाट आउँछ । मन्त्री अर्यालले दाबी गरिन् ।