काठमाडौं, १२ चैत्र । गेहमन्त्रीको जिम्मेवारी अभियुक्तलाई पक्राउ गर्न आदेश दिने, थुन्ने थुनाउन आदेश दिने प्रमुख जिम्मेवारी भएको व्यक्ति हो ।
तर आज काठमाण्डौमा त्यस्तो जिम्मेवारी भएका व्यक्ति गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै थुनामा रहेका सांसद रेशम चौधरीको रिहाईको माग गर्दै माईतीघरमा पलेटी कसेर धर्नामा बसेनन् मात्र माईक समातेर भाषण नै गरे ।
उनले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले अघि सारेका मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आज माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सरिक हुँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले वार्ता तथा सम्वादबाट नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले माग पूरा गराउनको लागि सरकार सकारात्मक रहेको भन्दै त्यसको लागि वार्ता टोली गठन गरेर अघि बढ्ने र समस्याको समाधान पनि छिट्टै हुने विश्वास दिलाए ।