एमाले संसदीय दलको बैठक शुक्रबार बस्दै

एमाले संसदीय दलको बैठक शुक्रबार बस्दै

  • बिहिबार, चैत्र १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

१२ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले शुक्रबार अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । संसदलाई कसरी प्रभावकारी बनाउने र संसदीय दललाई कसरी एक ढिक्का बनाएर अगाडि बढ्नेलगायत विषयलाई एजेन्‍डाको रुपमा बैठकमा प्रस्तुत गरिने एमाले स्रोतले जनाएको छ ।
यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएपछि यस पटकको बैठकमा यो विषयलाई एमालेले एजेन्‍डा बनाएको हो । यता, नेपाल खनाल समूहले भोली केन्द्रिय समिति बैठक बोलाएको छ ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिएसम्म उनले बोलाएका कुनै पनि बैठकमा नजाने अडानमा वरिष्ठ नेता नेपाल समूह रहेको छ । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट भए पनि अघिल्लो संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ