भागरथी हत्या प्रकरणः अभियुक्तसँग मिल्यो भजाइनल स्वाबको डीएनए

भागरथी हत्या प्रकरणः अभियुक्तसँग मिल्यो भजाइनल स्वाबको डीएनए

  • बिहिबार, चैत्र १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

बैतडी, १२ चैत । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिलेको प्रहरीले जनाएको छ ।
बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको उनले बताए ।

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ