एमालेको खनाल-नेपाल समूहको बोलायो केन्द्रीय कमिटी बैठक

एमालेको खनाल-नेपाल समूहको बोलायो केन्द्रीय कमिटी बैठक

  • बिहिबार, चैत्र १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

चैत्र १२, काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहले शुक्रबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको पछिल्लो विवादका विषयमा छलफल गर्न कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाइको एक नेताले जानकारी दिए ।

बालुवाटारको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न भन्दै सोमबार नेताहरुलाई स्पष्टीकरण पत्र पठाएपछि सो समूहले आफु पक्षिय केन्द्रिय सदस्यलाई छलफलमा बोलाएको हो ।

ओली पक्षले तत्कालीन नेकपामा भएका गतिविधिसमेतलाई जोडेर स्पष्टिकरण मागेपछि खनाल–नेपालसमूहका स्थायी कमिटीका नेताहरु विहिबार पनि छलफलमा बसेका थिए । स्थायी कमिटीका एक सदस्यका अनुसार स्पष्टिकरण पत्रको जवाफ तयार हुँदैछ ।

सो समूहले केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण माग्ने तयारी गरेका छन् ।

फागुन २८ मा ओलीपक्षले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, दशौं महाधिवेशनको मिति तयलगायतका निर्णय गरेको थियो । खनाल–नेपालपक्ष उक्त निर्णय फिर्ता लिएर ०७५ जेठ २ कै अवस्थामा जानुपर्ने माग गरेको छ ।

ओली पक्षले निर्णय नसच्याए खनाल–नेपालपक्षले देशैभर समानान्तर संगठन बनाउने निर्णय गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ