काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी ओलीले चैत १५ गते काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरेका छन् ।
बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गर्दै मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
यस्तै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्याएका छन् ।
यस्तै अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै त्यसलाई ५० प्रतिशत पुर्याउने उद्घोषसमेत गरेका छन् ।
सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline