संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजियोः प्रचण्ड

संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजियोः प्रचण्ड

  • बुधबार, चैत्र ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ११ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भावि सन्ततिहरुको भविष्य अहिले फेरि जोखिममा, धरापमा पारिएको बताएका हुन् । नेपालीहरुको आत्मनिर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ,’ प्रचण्डले भने ।

उनले शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान घोषणा नेपाली आफैंले गरेको निर्णयको परिणाम रहेको बताए । तर, अहिले आदेशपालक बनाउन खोजिएजस्तो महसुस आफूलाई भएको उनको भनाइ छ ।

प्रचण्डले राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध नभए अझै खतरा हुनसक्ने बताए । संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको भन्दै प्रचण्डले त्यो सार्वभौम नेपाली जनताको सार्वभौम अधिकारको अपहरण भएको बताए । प्रचण्डले भने, ‘अहिले सर्वोच्चले सच्चाएको छ तर अझै पनि खतराको कालो बादल मडारिइराखेको छ आकाशमा । नेपाली जनताले चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ