काठमाण्डौ चैत्र १०। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताउदै नेकपा खारेज गर्ने सर्वोच्चको निर्णय विरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।
आज सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए ।
शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायतका कानुन व्यवसायीहरूसँगको परामर्शपछि माओवादी केन्द्रले पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो ।
अदालतले फैसला गरेको ६० दिनभित्र पुनरावलोकन जान सकिने कानुनी प्रावधान छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाइै व्यूँताउने फैसला गरेको थियो ।
गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद विघटन गर्न खोजेको भन्दै त्यसलाई रोक्नेबारे समेत परामर्श भएको बताए ।