चैत्र १० विराटनगर । काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओली विरुद्ध काँग्रेसले अविस्वासको प्रस्ताव नल्याउने बताएका छन् ।
विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले काँग्रेस प्रतिपक्षमै बस्ने बताए । उनले काँग्रेस सरकारमा अहिले नजाने स्पष्ट पारे ।
यस अघि काँग्रेसले गठबन्धनका विषयमा छलफल गरे पनि ठोस निर्णय नगरेका बेला देउवाको यो भनाई आएको हो । काँग्रेस तयार नहुँदा सम्म ओली सरकार परिवर्तन हुने संभावना कमै छ ।
केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरे पछि धरानतिर लागेका छन् । धरानमा एक अन्तरक्रिया कार्यक्रममा भाग लिन उनी त्यता गएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline