काठमाडौँ चैत्र १० । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ ।
बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस अघि फागुण पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले विकसित राजनीतिक घटनाक्रमका बारेमा पार्टीका तर्फबाट निर्णय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो ।
आजको बैठकले पार्टीको संगठनात्मक अवस्था, एमाले प्रवेश गरेका नेता सांसदका बारेमा र सरकारलाई दिएको समर्थन यथावत राख्ने कि नराख्ने भन्ने बिषयमा छलफल हुन सक्ने बताईएको छ ।
यस अघि गठबन्धनका बारेमा ठोस निर्णय भए पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सो पार्टीले गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline