चैत्र ९ काठमाण्डौं । नेपाली काँग्रेसले पदाधीकारीको बैठक आज बोलाएको छ । आजको बैठकमा सरकार फेरबदल र १४ औं महाधिवेशनका बिषयमा छलफल हुने एक नेताले दाबी गरे । बैठकमा पूर्व पदाधीकारी समेत सहभागी हुनेछन् । बैठक दिँउसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।
काँग्रेस भित्र पौडेल समुह प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु पर्ने पक्षमा उभिए पनि देउवाले ठोस पहलकदमी नगरेको भन्दै असन्तुष्ट छ । आजको बैठकमा सो समुहका नेताले यस विषयमा कुरा राख्न सक्ने अनुमान गरिएको छ । हिजो पौडेल निवासमा सो समुहका नेताहरुको भेटघाट र छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline