नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय, समानुपातिक सांसद राख्ने र हटाउने अधिकार अध्यक्षलाई

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय, समानुपातिक सांसद राख्ने र हटाउने अधिकार अध्यक्षलाई

  • शनिबार, चैत्र ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

चैत ७, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

चारै जना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको निश्कर्षसहित स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको ज्ञवालीले बताए ।
आजको बालुवाटार बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी थिएनन् ।

यस्तै बैठकले अध्यक्ष ओलीलाई थप अधिकार दिएको छ । समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको हो । बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको बताईएको छ ।

बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको छलफलपछि अध्यक्ष ओलीलाई समानुपातिक सांसद राख्ने र हटाउने अधिकार दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

त्यस्तै बैठकले एमाले संसदीय दलको विधान अनुमोदन गरेको छ। सँगै बैठकले महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ। हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक समितिमा परिणत गरेको हो।

एमालेले २०७८ मंसिर ३ देखि ६ गतेसम्म १० औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको छ। बैठकले पार्टीमा कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी हेरफेर लगायत निर्णयसमेत गरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ