पार्टीमा गुटगत अस्तित्व र गतिविधि स्वीकार्य छैनः प्रधानमन्त्री ओली

पार्टीमा गुटगत अस्तित्व र गतिविधि स्वीकार्य छैनः प्रधानमन्त्री ओली

  • शनिबार, चैत्र ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले एमालेमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताएका हुन् । सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न सक्छन् तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट छैन, ओलीको भनाई उदृत गर्दै एक नेताले भने ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३८ सांसदको हस्ताक्षरसहितको मागपत्र बुझ्दै ओलीले एमालेको संसदीय दलबाहेक अर्को कुनै अस्तित्व नरहेकाले त्यो किमार्थ स्वीकार्य नहुने समेत बताएको मुख्य सचेतक विशाल भट्टराईले बताए ।
व्यक्तिगत रूपमा कोही आउनुभएको छ भने त्यो कुरा सुनिन्छ, तर गुटगत रूपमा कोही आउँछ भने त्यो स्वीकार्य हुँदैन प्रधानमन्त्री ओलीको भनाई थियो ।

खनाल नेपाल समूहका ३८ सांसदको हस्ताक्षर बोकेर सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले बालुवाटार पुगेर पत्र ओलीलाई  बुझाएका थिए । दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेपछि माधव नेपाल पक्षका सांसदहरुको भेलाले शर्त सहितको पत्र अध्यक्ष केपी ओलीलाई बुझाएको हो ।

पत्र बुझदै ओलीले सबैलाई एकताबद्ध बनाएर एमाले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिएका थिउ । वामदेव गौतमले पार्टी एकता प्रक्रियामा आगामी दिनमा पनि लाग्ने बताएका थिए ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गई बहस गरेका सांसद कृष्णभक्त पोखरेल पनि बालुवाटारको संसदीय दलको बैठकमा गएका थिए । उनले एमाले भइसकेपछि अलग्गै बस्नुको अर्थ नहुने बताए ।

कोही संसदीय दलको बैठकमा अनुपस्थित हुँदैमा कानुनी रूपमा कारबाही गर्न नमिल्ने पोखरेलको भनाइ थियो ।
यसैबीच, संसदीय दलको विधान संशोधन गरिएको छ । मुख्य सचेतक भट्टराई संयोजक तथा शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको समितिले संशोधित विधानको मस्यौदा दलको बैठकमा पेस गरेका थिए । उक्त विधान शनिबार नै बस्ने केन्द्रीय कमिटीले पास गर्ने तयारी भइरहेको छ ।

दलको विधानमा समूहगत माग राख्न नपाउने र त्यसरी माग राखेमा कारबाही गर्ने व्यवस्था राखिएको छ । त्यस्तै संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाइएको उनले बताए । पार्टीभित्र गुटगत राजनीति गर्नेहरूलाई बोर्डले स्पष्टीकरण सोध्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, यसअघि संसदीय दलको नेता राष्ट्रिय सभाबाट पनि निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा अब संसदीय दलको नेता प्रतिनिधिसभाबाट मात्रै निर्वाचित हुने व्यवस्था छ ।

दलको उपनेता संसदीय दलको बैठकले निर्वाचित गर्ने व्यवस्था पनि परिमार्जन गरेर दलको नेताले दलको उपनेता तोक्ने व्यवस्था राखिएको छ । विधान केन्द्रीय कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको भन्दै खनाल र नेपाल समूहले भने बहिष्कार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ