काठमाडौँ, ७ चैत । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छ । उहाँका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline