चैत्र ७ काठमाण्डौं । नेकपा एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमै बैठक बोलाएका छन् । बैठकमा झलनाथ खनाल र माधव नेपाल समुहका नेताहरु भने सहभागी नहुने भएका छन् ।
चैत्र ४ र ५ गते राष्ट्रिय भेला गरेको यस समुहले फागुण २८ गतेको निर्णय खारेज नभए सम्म बैठकमा सहभागी नहुने र समानान्तर गतिविधि जारी राख्ने निष्कर्ष निकालेको थियो ।
बैठकमा फागुण २८ गतेको निर्णयलाई लिएर ओली बिरुद्ध आक्रामक अभिव्यक्ति दिएका वामदेव गौतम भने सहभागी हुने भएका छन् ।
खनाल नेपाल समुहले वालुवाटारमा बैठक राखेर दललाई निजिकरण गर्न खोजिएको समेत टिप्पणी गरेको छ । शुक्रबार सो समुहको स्थायी समितिको बैठक बसेर बालुवाटारको बैठकमा नजाने निर्णय गरेको थियो ।
यता ओली समुहले भने बैठकमा सहभागी नहुनेलाई विधान अनुसार कार्बाही गर्ने चेतावनी दिदै आएको छ ।