जनताले खान नपाएको भन्दै चामल माग्न बझागं साईपाल गाँउपालिकाकी उपाध्यक्ष बच्चा बोकेर काठमाण्डौ आईपुगिन् 

जनताले खान नपाएको भन्दै चामल माग्न बझागं साईपाल गाँउपालिकाकी उपाध्यक्ष बच्चा बोकेर काठमाण्डौ आईपुगिन् 

  • शुक्रबार, चैत्र ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चैत्र ६ काठमाण्डौं । बझागं साईपाल गाँउपालिकाका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यन्न नभएको भन्दै राजधानीमा डेलिगेसन आएका छन् ।

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे।

गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन्। ‘गरिब जनताले छाक टार्न अन्न पाएनन्,’ बोहोराले भनिन्, ‘चामल पठाउन सरकारलाई गुहारेका छौं।’

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।

यो वर्ष खडेरीका कारण खाद्यान्न उत्पादन नभएको उनले बताइन्। ‘खडेरीले स्थानीय उत्पादन पनि भएन,’ उनले भनिन्, ‘चामल नपाए जनता भोकभोकै मर्ने अवस्था छ।’ उच्च हिमाली क्षेत्र भएकाले साइपालमा गहुँ, जौ, फापर खेती हुन्छ। यो वर्ष खडेरीका कारण अधिकांश बारी बाँझै रहेको उनले बताइन्। ‘स्थानीय उत्पादनले दुईरतीन महिनालाई पनि खान पुग्दैन,’ बोहोराले भनिन्, ‘खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो।’

साइपालको जनसंख्या करिब ६ हजार छ। खाद्य कम्पनीले साइपालका लागि दुई हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। सरकारले दुर्गम जिल्लामा चामल ढुवानीमा अनुदान दिन्छ। कोटाको चामल सकिएकाले थप तीन हजार क्विन्टल चामल पठाउन अनुरोध गरेको उपाध्यक्ष बोहोराले बताइन्।

खाद्यका सिइओ पौडेललाई भेटेका जनप्रतिनिधिले चामल पठाउने सुनिश्चित नहुँदासम्म घर नफर्किने बताए। रित्तै फर्किए जनताले घेराबन्दी गर्ने भएकाले चामल पठाउने निर्णय भएपछि मात्र घर फर्किने साइपाल गाउँपालिका–२ का वडाध्यक्ष हरिलाल बोहोराले बताए।

‘चामल पठाउने निश्चित नहुँदासम्म गाउँ फर्किंदैनौं,’ वडाध्यक्ष बोहोराले भने, ‘चामल लैजान नसके गाउँमा भोकमरी लाग्छ।’

साइपाल पुग्न बझाङ सदरमुकामबाट तीन दिन लाग्छ। निकै टाढा भएकाले निजी क्षेत्रले लगेको खाद्यान्न असाध्यै महँगो हुन्छ। सहज रूपमा चामल किन्न पनि नपाइने उनीहरू बताउँछन्। खाद्यले मोटा चामल प्रतिकिलो ५३ रूपैयाँमा बिक्री गर्छ।

साइपालमा खाद्यको अस्थायी डिपो छ। बझाङमा खाद्यान्न अभाव भएको विषयमा जनप्रतिनिधिले लिखित आवेदन दिएको सिइओ पौडेलले बताए। ‘खाद्यान्न अपुग भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराउनुभएको छ,’ उनले भने, ‘यस विषयमा हामी गम्भीर छौं।’ समस्या सम्बोधन गर्न गृहकार्य सुरु गरिसकेको र थप चामल पठाउन पहल गर्ने पौडेलले बताए। खाद्यको धनगढी डिपोबाट चामल पठाउने व्यवस्था मिलाउने आश्वासन पौडेलले दिएका छन्।

बझाङबाट चामल माग्न काठमाडौं आएको जनप्रतिनिधि टोलीमा संविधानसभा सदस्य अफिलाल ओखेडा, साइपाल गाउँपालिका उपाध्यक्ष बोहोरासहित वडा नम्बर १का वडाध्यक्ष गोपाल बोहोरा, वडा नम्बर २ का वडाध्यक्ष हरिलाल बोहोरा, वडा नम्बर ३ का वडाध्यक्ष जंगवीर बोहोरा, वडा नम्बर ४ का वडाध्यक्ष जैसिंङ बोहोरासहित छन्।

साइपालस्थित खाद्यको अस्थायी डिपोलाई स्थायी गर्न पनि अनुरोध गरेको संविधानसभा सदस्य ओखेडाले बताए। हरेक वर्ष खाद्यान्न अभाव हुने भएकाले स्थायी डिपो राख्न आग्रह गरेको उनको भनाइ छ। ‘वर्षैपिच्छे चामल अभाव हुन्छ,’ उनले भने, ‘समस्याको स्थायी समाधान खोजिनुपर्छ।’

खाद्य कम्पनीले खाद्यान्न अभाव हुने २३ जिल्लामा चामल ढुवानी गरेर बिक्री गर्दै आएको छ। सरकारले खाद्य कम्पनीलाई चामल ढुवानी गर्न यो वर्ष ४६ करोड रूपैयाँ अनुदान दिएको छ। दुर्गम जिल्लामा व्यापारीले लगेको चामल महँगो हुने भएकाले सरकारले ढुवानी भाडामा अनुदान दिएर खुला बजारमा भन्दा सस्तो मूल्यमा चामल बिक्री गर्छ। आजको नागरिक दैनिकले खबर लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी