प्रधानमन्त्री ओलीलाई हटाउन छिट्टै संसदमा अविस्वासको प्रस्ताव आउने काँग्रेस महामन्त्री कोईरालाको दाबी

प्रधानमन्त्री ओलीलाई हटाउन छिट्टै संसदमा अविस्वासको प्रस्ताव आउने काँग्रेस महामन्त्री कोईरालाको दाबी

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

चैत्र ५ विराटनगर । नेपाली काँग्रेसका महामन्‍त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन साता दश दिन भित्र अविस्वासको प्रस्ताव दर्ता हुने दाबी गरेका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।
ओली सरकार अवैधानिक भएकाले अब काँग्रेस, माओवादी र जसपा मिलेर विकल्प दिन अविस्वासको प्रस्ताव ल्याउने कोईरालाले बताए । ओली सरकार लामो समय टिक्नु घातक हुने उनको दाबी छ ।

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध आन्दोलित भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार निर्माण गर्न सम्बन्धमा एक खालको समझदारी बनिसकेको र छिटै त्यसले ठोस् आकार लिन सक्ने बताईएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ