एमाले संसदीय दलको बोर्ड गठन, सदस्यमा खनाल र नेपाल पनि

एमाले संसदीय दलको बोर्ड गठन, सदस्यमा खनाल र नेपाल पनि

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

चैत्र ५, काठमाडौँ । नेकपा एमाले संसदीय दलको २७ सदस्यीय बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले तीन जना पछि मनोनयन गर्ने गरी बोर्ड गठन गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए ।

बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।

त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए । दलको अर्को बैठक चैत ७ गते बस्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ