एमालेको वालुवाटार बैठकः गुट भेलामा जानेलाई कारबाही गर्ने, विधान संशोधन गर्न कार्यदल

एमालेको वालुवाटार बैठकः गुट भेलामा जानेलाई कारबाही गर्ने, विधान संशोधन गर्न कार्यदल

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा बिहिवार बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिदै गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि आह्वान गरेको छ ।

तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाईएको छ ।

बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताएका थिए ।

‘हामीले लोकतान्त्रिक अभ्यासमा छौं । यो अलि बढी हुँदा आराजकतन्त्र भएको छ । पार्टीभित्र जनवादको अभ्यास गर्दा प्रत्यक्ष निर्वाचनको प्रणालीलाई आत्मसाथ गरियो । त्यो आधारमा वर्षौं वर्ष गुटबन्दी गर्ने र पार्टी पद्धति नमान्ने धेरै भएको छ । पार्टीभित्र अब त्यो चल्दैन । यस्ता प्रणाली रोक्नु पर्छ,’ ओलीको भनाई उद्धृत गर्दै सांसद महेश बस्नेतले भने ।

यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ