एमालेको संसदीय दलको बैठकमा जान भनेर हिडेका नेपाल-खनालका सांसद बीच बाटोबाटै फर्किए

एमालेको संसदीय दलको बैठकमा जान भनेर हिडेका नेपाल-खनालका सांसद बीच बाटोबाटै फर्किए

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

५ चैत, काठमाडौं । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको नेकपा एमालेको संसदीय दलको बैठकमा जान भनेर हिडेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद बीच बाटोबाटै फर्किएका छन्।

बैठकमा सहभागी हुन गएका केही सांसदहरु सिंहदरबारबाटै फर्किएको जनाइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो।

स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भएपनि उनीहरु सिंहदरबारबाटै फर्किएका हुन्। राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने एमाले नेपाल समूहले बुधबार नै जनाएको थियो।

प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएका थिए। सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ