चैत्र ५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल बैठकअघि खनाल नेपाल समूहले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको नेता विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बोलाएको संसदीय बैठकअघि नै खनाल-नेपाल पक्षले सांसदहरुलाई बोलाएको हो ।
खनाल(नेपाल पक्षले भने ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नजाने बताएको छ । एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका हुन् । नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको जानकारी हुँदापनिसंसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने बताएका छन् ।
बुधबारदेखि सुरु भएको खनाल नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सकिँदै छ । १२० सदस्यीय एमाले संसदीय दलमा खनाल(नेपाल पक्षका ४० सांसद छन् ।