काठमाडौं, ४ चैत ।
सत्तारुढ नेकपा एमाले नेपाल समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिने तयारी गरेको छ । नेपाल पक्षको कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा नेतृत्व लिनेदेखि आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्नेसम्म रहेको छ ।
ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध राखी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।
आफ्नो समूहको रणनीति तय गर्न सहभागीलाई दश समूहमा विभाजन गरेर छलफल चलाइएको छ भने ती समूहले आ–आफ्ना निष्कर्ष पेश गर्नेछन् । सबै सुझावलाई समेटेर तीन महिने एकीकृत रणनीति बनाइने भएको हो ।
वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीले गुटगत भेला गरेर पार्टी एकताको आधार कमजोर पारेको आरोप पनि लगाएका छन् ।
https://www.mirmireonline.com/wp-content/uploads/2021/03/Final-draft-of-the-document-for-national-convention.pdf