चैत्र ४ काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दी शुरु गरेको आरोप लगाएका छन् । आज खनाल नेपाल समुहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई संवोधन गर्दै खनालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको संरक्षण गरेको समेत आरोप लगाए ।
उनले राजनीतिक नियुक्ति हुने ४ देखि ५ सय ठाउँमा पार्टीमा सल्लाह नगरी ओलीले आफ्ना धुपौरे र आसेपासेलाई नियुक्त गरेको दाबी गरे ।
ओलीको स्वेच्छाचारी कदमले पार्टीमा गतिरोध आएको र सरकारले पार्टीका कार्यक्रमहरु लागू गर्न नसकेको उनको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline