चैत्र ४ काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ ।
भेलामा अध्यक्षता खनालले गरेका छन् भने नेपाल विशेष अतिथि छन् । भेलामा दुई हजार बढी कार्यकर्ता सहभागी भएका छन् ।
अदालतको फैसलापछि ब्युतिएको एमाले भित्र फागुन २८ गते ओली समुहले एकपक्षीय निर्णय गर्दै नेपाल समुहका नेताहरुलाई जिम्मेवारी बिहीन बनाए पछि यस समुहले भेलाको आयोजना गरेको हो ।
भेलामा नेताहरुले पार्टी भित्रको विवाद र आगामी रणनीतिबारे थप व्याख्या गर्नेछन् ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव योगेश भट्टराईले बताए ।
यो भेलालाई एमालेको भेला नभएको ओली समुहले विज्ञप्ति जारी गरेर बताएको छ ।