चैत्र ४ काठमाण्डौं । सर्वोच्च अदालतले फागुण २३ मा एमाले र माओवादी केन्द्रलाई ब्युताईदिए पछि सो पार्टीका कार्यकर्ताहरुले नेकपा एमाले र सूर्य चिन्ह प्राप्त भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरे ।
तर दुई साता पनि वित्न नपाउदै र एकीकृत रुपले संगठित गतिविधि हुन नपाउदै एमाले विभाजनको गंभीर मोडमा पुगेको छ ।
एमाले भित्र ओली समुहले फागुण २८ मा आफ्ना केन्द्रीय सदस्यहरुको बैठक राखेर माधव नेपाल सहित सो समुहका सबै नेताको जिम्मेवारी खोस्दै विभिन्न निर्णय गरे पछि आक्रोसित बनेको यस समुहले आज राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।
भेला भोली सम्म चल्ने छ ।
दुबै समुह एक अर्का बिरुद्ध आक्रामक रुपले अघि बढीरहदा ओलीले नेपाललाई समानान्तर कमिटि बनाउनु भन्दा अर्को पार्टी बनाउन चुनौती दिएका छन् भने यो कार्बाही र एकलौटी निर्णय नमान्ने खनाल नेपाल समुहले घोषणा गरीसकेको छ ।
साथै उसले पनि समानान्तर कमिटि बनाउदै गतिविधि गर्दै अघि बढेको छ ।
यो स्थितिमा एमालेभित्र गंभीर भावनात्मक एकताको संकट पैदा भएको र त्यसको परिणाम पार्टी वारपारको स्थितिबाट विभाजनतिर जान सक्ने चिन्ता मध्यमार्गी नेताहरुको छ ।
आजको राष्ट्रिय भेलामा देशभरबाट २ हजार बढी कार्यकर्ताहरु सहभागी हुने एमाले खनाल नेपाल समुहका नेता योगेश भट्टराईले जानकारी दिए ।
ओली फागुण २८ को निर्णयबाट फिर्ता हुन तयार नभए खनाल नेपाल पनि समानान्तर कमिटि र गतिविधि जारी राख्ने तयारीमा छन् । यस्तो स्थितिमा नेकपा एमाले विभाजन हुन सक्ने चिन्ता बढेको देखिएको छ ।