प्रतिनिधिसभा बैठक चैत्र ६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक चैत्र ६ गतेसम्मका लागि स्थगित

  • मङ्लबार, चैत्र ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

चैत्र ३ काठमाडौँ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक चैत ६ गते सम्मका लागि स्थगित भएको छ । ६ गते दिँउसो १ बजेसम्मका लागि स्थगित भएको हो । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा दुस्ख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

त्यस्तै तत्कालीन सांसद सरिता गिरीलाई कारबाही गरिएको र रिक्त स्थानमा नयाँ सदस्य पूर्ति गरिएकोबारे पनि सभामुख सापकोटाले सदनलाई जानकारी गराएका थिए ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरेको जानकारी गराएका थिए ।
आजको संसदको बैठक सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका थिए ।
यस अघि २३ फागुणमा बसेको बैठकमा बैठक बस्नु अघि नै सदन पुगेर प्रधानमन्त्री फर्किएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ