प्रचण्डः झलनाथ र माधव नेपालले भेटेको भोलीपल्ट प्रधानमन्त्रीले गरे फोन, के भन्न खोज्दैछन प्रधानमन्त्री ?

प्रचण्डः झलनाथ र माधव नेपालले भेटेको भोलीपल्ट प्रधानमन्त्रीले गरे फोन, के भन्न खोज्दैछन प्रधानमन्त्री ?

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

चैत्र २ काठमाण्डौं । सर्वोच्चले एमाले र माओवादी ब्युताईदिए पछि प्रचण्डले अहिले आफ्नै पुरानो माओवादी केन्द्रको बैठक गरीरहेका छन् । यही बेला एमालेभित्र भने चरम अन्तरविरोध पैदा भएको छ । पार्टी भित्र अन्तरविरोध बढीरहेका बेला एमालेका झलनाथ खनाल र माधव कुमार नेपालले प्रचण्डसँग भेटवार्ता गरे । शनिबार उनीहरुले कोटेश्वर स्थित नेपालको निजी निवासमा साँझ छलफल गरेका थिए । कुराकानीको विस्तृत विवरण सार्वजनिक भएन ।
तर त्यसको भोलीपल्ट धुम्बाराहीमा ओली र माधव नेपाल अन्य नेताहरुसहित बसेर एमालेभित्रको विवाद मिलाउने प्रयास गरे पनि त्यो सफल भएको थिएन । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई फोन सम्पर्क गरेको सार्वजनिक भएको छ ।
सो फोनबारे प्रचण्डले आफ्नो केन्द्रीय समितिलाई जानकारी दिएका थिए । फोनमा ओलीले पार्टी अलग भए पनि भेटेर कुरा गरौँ केही कुरा भन्न चाहन्छु भनेको दाबी गरिएको छ ।
सरकार बिरुद्ध मोर्चा बन्दी गरीरहेका र आफ्नै पार्टीमा केन्द्रीत भएका प्रचण्डलाई पार्टी भित्रै अन्तरविरोधको सामना गरीरहेका प्रधानमन्त्री किन भेट्न चाहन्छन् वा उनले भन्न खोजेको कुरा के हो ? त्यो एकीन छैन ।
तर प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार , पुनः पार्टी एकता वा अन्य विषयमा कुराकानी गर्न चाहेको हुन सक्ने आकंलन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ