चैत्र २ काठमाण्डौं । नेकपा एमाले भित्र ओली र नेपाल समुहका नेताहरुबीच आज धुम्बाराहीमा भएको वार्ता सहमतिमा नपुगे पछि दुबै पक्षले आ आफ्नो गतिविधि जारी राख्ने भएका छन ।
ओलीले आग्रह गरे पनि त्यसलाई वेवास्ता गर्दै खनाल नेपाल समुहले भोली प्रधानमन्त्री समेत रहेका ओलीले आयोजना गरेको चियापानमा नजान आफ्ना समुहका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
वानेश्वरमा सांसद र केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुले यस्तो निर्देशन दिएका हुन् । भोली अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुका लागि चियापानको आयोजना गरेका छन् ।
यसै गरी यस समुहले चैत्र ४ र ५ गतेका लागि आव्हान गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय पनि गरेको छ ।
फागुण २८ मा ओली समुहले केन्द्रीय समितिको बैठक बसेर माधव नेपाल सहित सो समुहका नेताहरुको जिम्मेवारी खोसे पछि दुबै पक्षबीच विवाद बढ्दै गएको छ ।