चैत्र २ काठमाण्डौं । सर्वोच्चले व्युताईदिएको एमाले बैठब बस्न नपाउदै विवादको चरम मोडमा पुगेको बेला आज अध्यक्ष ओली र अर्का नेता माधव कुमार नेपाल लगायत दुबै पक्षका अन्य नेताहरुबीच धुम्बाराहीमा छलफल भएको छ । घण्टौ लामो छलफलमा नेपाल समुहले नेताहरुको जिम्मेवारी खोस्ने, केन्द्रीय सदस्य थप्ने, महाधिवेशनको मिति तोक्ने जस्ता कार्य ओलीले एकलौटी जानकारी नै नदिई गरेको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो ।
प्रधानमन्त्रीले बैठकमा आउन आग्रह गरे पनि निर्णय फिर्ता गर्ने बिषयमा तत्काल तयार नदेखिएको स्रोतको दाबी छ । यो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम भने गएका थिएनन् ।
दुबै समुह आ आफ्नै अडानमा रहे पछि थप छलफल गर्ने सहमति भने भएको बताईएको छ ।
माधव समुहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने ७ गते ओलीले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।