काँग्रेस, माओवादी र जसपाबीच सत्ता समीकरण टुंगो लगाउन त्रिपक्षीय छलफल हुँदै

काँग्रेस, माओवादी र जसपाबीच सत्ता समीकरण टुंगो लगाउन त्रिपक्षीय छलफल हुँदै

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

चैत्र २ काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी को सँयुक्त बैठक बस्दैछ । यस अघि उनीहरुले अलग अलग छलफल गरेका थिए ।
आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुको दाबी छ । काँग्रेस भित्र सभापति देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेकाले उनको नाममा पनि छलफल केन्द्रीत हुन सक्ने अनुमान गरिएको छ ।
माओवादी केन्द्र ओलीलाई हटाउने रणनीतिमा रहेकाले देउवालाई समर्थन दिने संभावना छ । त्यस्तै जसपा पनि काँग्रेसको नेतृत्वमा सरकार बनाउन सहमत हुन सक्ने आंकलन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ