ओलीको स्वेच्छाचारी गतिविधिलाई पराजीत गरेरै छाड्ने माधव समुहको उद्घोष (वक्तव्य सहित )

ओलीको स्वेच्छाचारी गतिविधिलाई पराजीत गरेरै छाड्ने माधव समुहको उद्घोष (वक्तव्य सहित )

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

चैत्र १ काठमाण्डौं । नेकपा एमाले भित्र देखिएको विवादले उग्र रुप लिँदै गएका बेला अध्यक्ष ओली बिरुद्ध माधव नेपाल झलनाथ खनाल लगायतका नेताले सँयुक्त बिज्ञप्ति जारी गरेका छन ।
उनीहरुले पार्टी अध्यक्ष ओलीको अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधिलाई पराजीत गरेर छाडने उद्घोष गरेका छन् ।
ओलीले आफ्नो समुहको केन्द्रीय समितिको बैठक राखेर माधव झलनाथ समुहका सबै नेताको जिम्मेवारी खोस्नुका साथै महाधिवेशनको मिति तोक्ने र पूर्व माओवादी समुहलाई केन्द्रीय समितिमा मनोनित गरे पछि यो समुह चिढिएको छ ।
यस समुहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने निर्वाचन आयोगलाई ओलीले गरेका निर्णयलाई मान्यता नदिन पत्राचार गरीसकेको छ । साथै उनीहरुले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी पनि दिएका छन् ।
ओलीमा कम्युनिष्ट पार्टीको सदस्यका सामान्य राजनीतिक आचरण नैतिकता नरहेको तथा अहंकार, संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले रहेको नेपाल पक्षको भनाइ छ ।
कार्यकर्ता र जनताका सामू लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्थी अवसरवादलाई अंगाली वामपन्धी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो,ु अगाडि भनिएको छ, ुअन्ततस्, सात दशक लामो संघर्षबाट नेपाली कम्यनिष्ट आन्दोलनले प्राप्त गरेका उपलब्धिमाथि घात गर्दै जनता, देश र पार्टीमाथि नै विश्वासघात गरिएको छ। उपर्युक्त वस्तु तथ्यले केपी ओलीबाट कम्युनिष्ट पार्टीलाई एकीकृत हुन नदिने, वामपन्थीहरूको नेतृत्वमा देश र जनताप्रति समर्पित सरकार सञ्चालन गर्न नदिने तथा विधि र पद्धतिको रक्षा गर्न नदिने कार्य नै भइरहने देखिन्छ । वक्तव्यमा भनिएको छ ।
हेर्नुस् पूरा विज्ञप्ति :

https://www.mirmireonline.com/wp-content/uploads/2021/03/Joint-Statement-1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ