केन्द्रीय कमिटि बैठक लगत्तै नेपाल र खनाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

केन्द्रीय कमिटि बैठक लगत्तै नेपाल र खनाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

१ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वर पुगेका छन् ।

आइतवारको केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्ड एमाले नेता खनाल र नेपालसँग छलफल गर्न गएका हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द नै व्युताइदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरु भएको हो । आज पहिलो दिन सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गरिएको हो ।

सर्वोच्चको आदेशपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन् । खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ