ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने प्रचण्डको गृहकार्य, केन्द्रीय सदस्यको संख्या २ सय नै कायम

ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने प्रचण्डको गृहकार्य, केन्द्रीय सदस्यको संख्या २ सय नै कायम

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

चैत्र १ काठमाण्डौं । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि अलग भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम ध्रुवीकरण अघि बढाउने गृहकार्य थालेका छन् ।
यसका लागि जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने बारेमा छलफल अघि बढाएका छन् । यद्यपि, यस विषयमा ठोस निर्णय भने भएको छैन । एक केन्द्रीय सदस्यका अनुसार पार्टी केन्द्रीय समिति सदस्यको संख्या २ सय नै कायम राखिएको छ ।
एमालेसँग एकता गर्दा पार्टी केन्द्रीय सदस्यको संख्या दुई सय पुर्याईएको थियो ।
यस मध्य एक सय ८५ जना आजको बैठकमा उपस्थित थिए । बादल लगायतका नेताले पार्टी छाडे पनि पार्टीलाई खासै घाटा नभएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठक भोली बिहान ११ बजे बस्ने गरी आजलाई स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ