ओलीको कार्बाही र खनाल नेपालको प्रतिवादले एमाले विभाजन हुने खतरा बढ्यो

ओलीको कार्बाही र खनाल नेपालको प्रतिवादले एमाले विभाजन हुने खतरा बढ्यो

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

चैत्र १ काठमाण्डौं । सर्वोच्चको आदेश अनुसार एमाले र माओवादी केन्द्र ब्युतिए पछि एमाले भित्र नयाँ विवाद शुरु भएको छ । पार्टी भित्र आफ्नो समुहको मात्रै केन्द्रीय समितिको बैठक बोलाएर झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताको जिम्मेवारी खोस्दै एकलौटी रुपमा २३ जना पूर्व माओवादी समुहका लाई केन्द्रीय सदस्य तोक्ने, महाधिवेशनको मिति तोक्ने कदम प्रधानमन्त्री ओलीले गरे पछि त्यसको प्रतिवादमा खनाल नेपाल समुह उत्रिएको छ ।
उनीहरुले पनि अलग्गै समानान्तर कमिटि गठन गर्दै नेताहरुलाई जिम्मेवारी तोकेका छन् ।
यता चैत्र ४ गते र ५ गते खनाल नेपाल समुहले राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेका छन् ।
उता अध्यक्ष ओलीले चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । सो बैठकमा जानु अघि ओली समुहले गरेको निर्णय फिर्ता हुनु पर्ने माग खनाल नेपाल समुहको छ । ओली यसका लागि तयार नभए खनाल नेपाल र वामदेव गौतम समेत यो बैठकमा नजाने देखिएको छ ।
यदी चैत्र ७ गतेको बैठकमा नआए अनुशासनको कार्बाही गर्ने चेतावनी सार्वजनिक रुपमले ओलीले शनिबार दिएका छन् ।
यस्तो स्थितिमा एमाले विभाजनको संभावना बढेको जानकारहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ