एमाले ओली समुहमा केन्द्रीय सदस्य मनोनित भईसकेपछि माओवादीले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दियो

एमाले ओली समुहमा केन्द्रीय सदस्य मनोनित भईसकेपछि माओवादीले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दियो

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

फागुण २९ काठमाण्डौं । यस अघि एउटै पार्टीमा हुँदा मन्त्री बनेर पार्टी अलग भए पछि एमालेमै रहेर केन्द्रीय समितिमा ओली समुहले मनोनित गरीसके पछि नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदलाई पनि २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।

त्यस्तै चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । चैत १ गते केन्द्रीय समितिको बैठक बोलाईएको छ ।

प्रधानमन्त्री ओलीले एमालेमै फर्किएमा झलनाथ खनाल, माधव कुमार नेपाल सहितका नेताको जिम्मेवारी खोस्दै आफू पक्षीयलाई जिम्मेवारी दिनुका साथै माओवादीबाट एमालेमै रहेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरे पछि माओवादी केन्द्रले यो कदम चालेको हो ।
ती मनोनित नेताहरुले आफूहरु माओवादीमा नफर्कने र एमालेमै रहेर राजनीति गर्ने बताईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी