एमाले भित्र कलहः खनाल नेपाल समुहले समानान्तर कमिटि बनाउने,आज केन्द्रीय समितिको बैठक

एमाले भित्र कलहः खनाल नेपाल समुहले समानान्तर कमिटि बनाउने,आज केन्द्रीय समितिको बैठक

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

फागुण २९ काठमाण्डौं । नेकपा एमाले सर्वोच्चले ब्युताएपछि केन्द्रीय समितिको बैठक बस्न नपाउदै पार्टी भित्र विवादले उग्र रुप लिएको छ । ओली समुहले एकपक्षीय केन्द्रीय समितिको बैठक बसेर बिधान परिवर्तन गरी पूर्व माओवादी समुहलाई केन्द्रीय समितिमा समावेश गर्ने,पार्टीको महाधिवेशन तोक्ने, खनाल नेपाल समुहका नेतालाई जिम्मेवारी खोस्ने र अध्यक्ष र महासचिव बाहेककाको पद खारेज गर्ने निर्णय गरे पछि विवादले उग्र रुप लिएको हो ।
वालुवाटारमा यस्तो निर्णय भएको सार्वजनिक भए लगत्तै खनाल नेपाल समुहले साँझ वानेश्वरमा स्थायी समितिको बैठक बोलाएर ओली समुहले एक पक्षीय रुपमा गरेको निर्णय विधान र कानुन विपरीत भन्दै यसलाई नमान्ने निर्णय गरेको थियो ।
सोही समुहले आज आफनो केन्द्रीय समितिको बैठक बोलाएको छ भने चैत्र पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेला चैत्र ४ गते हुनेछ ।
आज केन्दीय समितिको बैठक बिहान ११ बजेका लागि बोलाईएको र त्यसले कार्यकर्ता भेला एवं समग्र विषयमा छलफल गरेर निर्णय लिने एक नेताले जानकारी दिए । आज संसदीय दलको पनि बैठक सँगै हुन सक्ने ती नेताले बताए ।
बैठकमा अध्यक्ष ओलीले संसद विघटनको योजना सफल नभए पछि पार्टी विभाजन गर्न लागेको भन्दै प्रतिवाद गर्ने र सबै तहमा समानान्तर कमिटि बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ