फागुण २८ काठमाण्डौं । सर्वोच्चको आदेशसँगै ब्युतिएको नेकपा एमालेभित्र पहिलो बैठक नबस्दै रडाको शुरु भएको छ । स्थानीय स्तरमा समेत विवाद र झडप बढेका बेला ओली समुहले केन्द्रीय समितिको बैठक बसेर नवौ महाधिवेशनले निर्वाचित गरेका अध्यक्ष र महासचिव बाहेकका सबै पदाधीकारी खारेज गर्ने, माधव समुहका सबै नेताको जिम्मेवारी खोस्ने र आफू पक्षीय नेतालाई तोक्ने, केन्द्रीय समितिमा पूर्व माओवादी समुहलाई मनोनित गर्ने र महाधिवेशन आगामी मंसीर २ देखि ६ गते सम्म गर्ने निर्णय गरे पछि माधव खनाल समुह आक्रोसित बनेको छ ।
सो समुहले ओली समुहले गरेको एकलौटी निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ ।
आज साँझ वानेश्वरमा बसेको सो समुहको स्थायी समितिको बैठकले विधान र कानुन विपरीत भएको यो निर्णय नमान्ने र आगामी दिनमा कसरी अघि बढने भन्ने विषयमा थप छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको एक स्थायी समितिले जानकारी दिए ।
यसले एमालेभित्र थप रडाको मच्चिने स्थिति देखिएको छ ।