परिवर्तन जोगाउन फेरी शान्तिपूर्ण क्रान्ति आवस्यक छ : प्रचण्ड

परिवर्तन जोगाउन फेरी शान्तिपूर्ण क्रान्ति आवस्यक छ : प्रचण्ड

  • शुक्रबार, फाल्गुन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

फागुण २८ बुटवल । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले अहिले सम्मको उपलव्धि जोगाउन शान्तिपूर्ण क्रान्तिको आवस्यकता रहेको बताएका छन् ।

बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै उनले क्रान्ति हिंसात्मक नभइ शान्तिपूर्ण हुने बताए। देशमा प्रतिगामी सलबलाएको प्रचण्डको दाबी छ ।
शान्तिप्रक्रियाको एक हस्ताक्षरकर्ता आफूमाथि चारैतिरबाट प्रहार भएको भन्दै प्रचण्डले संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन गणतन्त्र विरोधीलाई पररास्त गर्नुपर्ने उनले बताए ।

फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन। कोहीकसैलाई भ्रम नपरोस्, हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ,, प्रचण्डले भने ।
यसै गरी उनले दलितहरुले पूर्ण अधिकार पाईसके पछि दलित शब्दै हटाउदा पनि हुने भन्दै हरेक ठूला सञ्चारमाध्यममा दलित पत्रकारहरुलाई प्रतिनिधित्व गराउनु पर्ने बताए ।
प्रचण्डले दलित शब्द आफैंमा विद्रोह भएको बताए । उनले दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका निम्ति आन्दोलन भएको बताए ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ